सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड

काठमाडौं ! सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।

सिटी होटेलले वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको थियो ।

कम्पनीको आईपीओमा ११ लाख ७ हजार २१६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९ ४० कित्ता शेयर छुट्याएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएको छ । १० लाख ८७ हजार ६७५ योग्य आवेदक कायम भएका थिए । यी मध्ये १ लाख ३५ हजार ५९४ आवेदकले सेयर पाएका छन् ।

कम्पनीले गत वर्षको कार्तिक १५ बाट काठमाडौँमा पाँच तारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्योगीहरुको लगानी छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *