सिटी होटेलको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ! सिटी होटेल लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २५ गतेदेखि आम सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषहरुलाई, र कम्पनीका कर्माचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएर बाँकि रहेको १३ लाख ५५ हजार  ९ सय ४० कित्ता शेयरको सर्वसाधारणलाई निष्काशन गरेको हो । आईपिओमा  न्यूनतम १० कित्ता र अधिकतम २००० कित्ताको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा  सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *