काठमाडौं ! रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख २४ गते अन्तिम दिन रहेको छ । कम्पनिले चैत्र २३ देखि स्थानीयलाई आईपिओ निष्कासन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई २ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको हो। आयोजना प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ ।