मेन्छियाम हाइड्रोपवरको आईपिओ बाँडफाँड

काठमाडौं ! मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफांड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४४ हजार ३ सय ८५ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ७४ हजार २ सय २८ जना मात्र शेयर पाउन योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड भएको छ । जस अनुसार गोलाप्रथा मार्फत कुल ९५ हजार ४ सय ११ जनाले शेयर पाएका छन् । यी मध्ये ४ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।  कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो।  कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *