मेन्छियाम हाइड्रोको आईपिओ आज बाँडफाँड हुँदै

काठमाडौं ! मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफांड हुँदै छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बुधबार बिहान १०:३० बजे लैनचौर ब्यान्क्वेटमा शेयर बाँडफांड गर्न लागेको हो ।

कम्पनीले वैशाख ४ देखि वैशाख ७ गतेसम्म  सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *