घोराही सिमेन्टले वैशाख १९ गतेदेखि प्रिमियममा आईपिओ निष्काशन गर्ने

काठमाडौं ! घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले वैशाख १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले दाङ र रोल्पाका जिल्लाका स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गर्न लागेको हो  । यस निष्काशनमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,१४,१५,१७,१८,र १९ , बंगलाचुली गाउपालिकाको वडा नम्बर ३ र ४, र रोल्पाको त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयले आवेदन दिन सक्ने छन्  ।

स्थानीयलाई अंकित मूल्य १०० रुपैयामा ३०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो  । स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्  । स्थानीयले छिटोमा जेठ २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ  ।

त्यस्तै कम्पनीले  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर निष्काशन हुने छ । नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयामा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४३५ रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो  । श्रमिकले पुरै कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  उनीहरुले जेठ २ गतेसम्म मात्र आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *