थ्री स्टार हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं ! थ्री स्टार हाइड्रोपावर लिमिटेडले आज वैशाख ११ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले आज वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित खोटाङ जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। यसमा हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको वडा १ देखि वडा नम्बर ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले ७३ हजार ८ सय ७५ कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गर्ने छ।

आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ लाख ९२ हजार ५ सय कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा बैशाख २५ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने बैशाख २५ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले खोटाङ जिल्लाको सपसुप खोलामा ६.६ मेगावाटको सपसुप खोला स्मल हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८ पुस २३ गतेबाट व्यापरिक उत्पादन गरिरहेको छ।

नेपाल धितोपत्र बोर्डले चैत्र १७ गते कम्पनीलाई शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *