माई खोला हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं ! माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा वैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरिसकेको छ । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाई क्यास्केट जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७७ असार ३१ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *