सिटी होटेलको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! सिटी होटेल लिमिटेडको आईपिओमा आवेदन दिने आज वैशाख ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २१ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको हो।

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २००० कित्ताको लागि आवेदन दिन सकिने छ।

नेपाली श्रमिकलाई छुट्याईएको शेयर बाँडफाँड गरेपछि कम्पनीलेसर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने छ।  कम्पनीले आम सर्बसाधारणलाई कम्पनीले बैशाख २५ गतेदेखि आईपिओ निष्काशन गर्ने छ । कम्पनीले ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ भने कम्पनीका कर्माचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएको छ । बाँकि रहेको १३ लाख ५५ हजार  ९ सय ४० कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणलाई निष्काशन गरिने शेयरमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ ।

यसरी कम्पनीले कुल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.हाल कम्पनीको जारी पुँजी १ अर्ब ६७ करोड रहेको छ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *