मकर जितुमाया सुरी हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

काठमाडौं ! मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज चैत्र २९ गते बुधबार दिउँसो १:३० बजे क्यापिटल कै कार्यालयमा आईपिओ शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

कम्पनीले चैत्र १९ गतेदेखि  चैत्र २२ गतेसम्म शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीको  दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापारिक् उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ ।

यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *