भूगोल इनर्जिको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २३ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले  सर्वसाधारणलाई १३ लाख ४६ हजार ९ सय ९३ कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै ७१ हजार ९ सय १६ कितात सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी  एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । यस कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *