रावा इनर्जिको पहिलो चरणको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं ! रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आज चैत्र २३ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आज चैत्र २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित खोटाङ जिल्लाका केपिलासगढी गाउँपालिकाका स्थानीयलाई निष्काशन गरेको छ । त्यस्तै ५६ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरेको छ।

आयोजना  प्रभावितले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता आर अधिकतम २८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा बैशाख ७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा बैशाख २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने बैशाख ७ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *