मकर जितुमाया सुरी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २२ गते अन्तिम दिन रहेको छ  । कम्पनीले चैत्र १९ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई १३ लाख ३७ हजार ३ सय २ कित्ता शेयर निष्काशन गरेको छ ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजर कित्ताको लागि आवेदन दिन सकिने छ ।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजना र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको जनाएको छ ।

 कम्पनीको  दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना र ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना छ । ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजनाले २०७९ बैशाख १८ गतेबाट व्यापरिक उत्पादन सुरु गरिसकेको छ । ७ मेगावाटको माथिल्लो सुरिखोला आयोजनाको ब्यापर्तिक उत्पादन सुरु गर्नु पर्ने मिति २०७९ चैत्र ३० गते रहेको छ । यस आयोजनामा डोल्मा ईम्प्याक्ट फण्ड १ को २६ लाख ५ हजार ९ सय कित्ता शेयर लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *