सानिमा मिडिल तमोरको आइपिओ आजदेखि बिक्री गरिने

काठमाडौं ! सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज फागुन २६ गतेदेखि सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको छ। कम्पनीले  सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा फागुन ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि  सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *