बिपिडब्लु लघुवित्तको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं ! बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८०  हजार ९ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै  नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई  आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर निष्काशन गरेको थियो । त्यस्तै १५ सय कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ ।  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ८०  हजार ९ सय ५० कित्ता शेयरको लागि आम सर्बसाधारणलाई निष्काशन भएको हो ।  यसरी कम्पनीले कुल ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.

नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ । लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *