मायाखोला हाइड्रोको आइपिओ बाँडफाँड मिति तय

काठमाडौं ! मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिबार बिहान ९:३० बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

मायाखोला हाइड्रोले माघ १३ गतेदेखि  माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *