सुपर मादी हाइड्रोपवरको आइपिओ बाँडफाँड

काठमाडौं ! सुपर मादी हाइड्रोले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आइपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३  तरिकाबाट नतिजा हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *