बिपिडब्लु लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडाैँ ! बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ।

लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हाे।

जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँको १०% अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *