माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज (माघ १३ गते)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *