मोलुङ हाइड्रोपावरको आइपिओ पुस १९ गतेदेखि भर्न पाइने

काठमाडौँ। मोलुङ हाइड्रोपावर कम्पनीको आइपिओ पुस १९ गतेदेखि जारी हुने भएको छ। उक्त आइपिओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि जारी गर्न लागेको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा  ८ करोड २ लाख २५ हजार रुपैयाँबराबरको ८ लाख २ हजार ५०० कित्ता आईपीओ जारी गर्ने भएको छ।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने २ लाख ७२ हजार ८५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर बिक्री खुला गर्नेछ।

आयोजना प्रभावित क्षेत्रकाका लागि जारी गरिने कुल कित्तामध्ये ५ प्रतिशत ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाका बासिन्दालाई छुट्याइएको छ। बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दालाई बिक्री गरिनेछ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ। यस आइपिओमा आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ ३ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयले भने छिटोमा माघ ३ गतेसम्म ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन पाउने छन्।

आइपिओमा स्थानीयले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *