धौलागिरी लघुवित्तको आइपीओ खुला

काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

यसअनुसार यसले प्रतिकित्ता सय अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार एक सय ५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त आइपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *