सयपत्री हाइड्रोपावरको आइपिओ आजबाट निष्कासन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।

सर्वसाधारणले भने ६ लाख ७० हजार ५ सय ८६ कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *