रसुवागढी हाइड्रोपावरको आईपीओको आवेदन साउन ३१ गतेसम्म दिन सकिने

काठमाडौ  ! रसुवागढी हाइड्रोपावरको आईपीओको आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय वासीलाई असार १३ गतेदेखि खुल्ला गरेको आईपीओमा माग गरे बमोजिम आवेदन नपरेपछि कम्पनीले आईपीओको समय पुनः थप गरेको हो ।

योसँगै अब लगानीकर्ताहरुले साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो ।
यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरूले पनि आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *