आजबाट मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्ने

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५ सय २१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८सय ३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७ सय ४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । आइपीओका लागी १२ साउनसम्म आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *