ग्रीन भेन्चर्स कम्पनिको खुल्यो आईपीओ

काठमाडौँ ! ग्रीन भेन्चर्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आज मंगलबारदेखि आवेदन खुलेको छ । कुल ३१ लाख २५ हजार कित्तामध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याएपछि बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

न्यूनतम १० कित्ता तथा अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । चैत ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । आफ्नो बैंक खाता भएको शाखामार्फत वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *