मध्य भोटेकोशीको आइपिओ शुक्रवार बाँडफाँट

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपिओ शुक्रवार बाँडफाँट हुने भएको छ ।

आईपीओको बाँडफाँट शुक्रवार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ ।

आइपिओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आइपिओ गोला प्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *