चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ नेपाल आउँदै

काठमाडौं !  चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ बुधबार नेपाल आउँदै छन्।

उनी पाँच दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

सचिव छुङछेङले आजै दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम छ।

बिहीबार बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यतालिका छ। भाेलि बिहान ११ बजे उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनी पाेखरा पनि जाने बताइएकाे छ।