पाकिस्तानमा मध्यराति संसद् भंग

एजेन्सी ! पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले त्यहाको संसद् भंग गरिदिएका छन् । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति अल्वीले बुधवार मध्यराति संसद् भंग गरेको पाकिस्तानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

पाकिस्तानको संसदको कार्यकाल सकिनुभन्दा तीन दिनअगाडि नै संसद् भंग गरिएको हो । पाकिस्तानी संसद्को अविध  १२ अगस्टमा समाप्त हुँदै थियो । संसद् भंग भएसँगै सरकार पनि कामचलाउमा परिणत भएको समाचारमा उल्लेख छ ।  समाचारमा जनाइएअनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *