विमानको प्रतीक्षा गर्दै १५ सय नेपाली काबुल विमानस्थलमा

काठमाडौं । अफगानिस्तानबाट बाहिरिन चाहने अफगान तथा विदेशी नागरिकको भीडमा करिब १४/१५ सय नेपाली उद्धारको आसमा आइतबार रातिदेखि काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खेर बसिरहेका छन् ।

तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि स्वदेश फर्किनका लागि ती नेपालीहरु विमानस्थलमा पर्खेर बसेका हुन् ।

काबुलस्थित एउटा होटेलमा सुरक्षागार्डका रूपमा कार्यरत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ का दुर्गाबहादुर नेपालीका अनुसार उनीसहित करिब १४/१५ सय नेपाली आइतबार रातिदेखि नै विमानस्थलमा एकै ठाउँमा जम्मा भएर बसेका छन् । सरकारले संकटग्रस्ट अफगानिस्तानबाट नेपालीको उद्धारका लागि पहल शुरू गरेको अवस्थामा यतिखेर काबुलको विमानस्थलमा पहुँच बढाउन सकेमात्र पनि सरकारले धेरै नेपालीको उद्धार गर्न सक्ने सम्भावना छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *