रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता

काठमाडौं ! रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएको छ।

उक्त भेटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् ।
रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका राष्ट्रपति सी चिनफिङलाई पुटिनले चीनको युक्रेन शान्ति योजनाबारे छलफल गर्ने बताएका छन् ।  चीनका राष्ट्रपति सी रुसका राष्ट्रपति पुटिनसँग भेटघाट गर्न मस्को पुग्नुले दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धलाई उजागर गरेको र कीभ र यसका पश्चिमी सहयोगीहरूलाई यसबारे चनाखो रहने सङ्केत मिल्ने देखिएको छ ।

राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा रुसी जनताको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरेका छन् ।
मस्कोमा जारी भ्रमणको शुरुवातमा अनौपचारिक वार्तामा बोल्दै राष्ट्रपति पुटिनले हालैका दशकहरूमा चीनको द्रुत विकासबाट रुस “अलिकति ईर्ष्यालु” भएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *