जापान सरकारद्वारा काङ्ग्रेस नेता पौडेललाई सम्मान प्रदान

काठमाडौं ! नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्रान्ड कोर्डन : दि अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मान गरेको छ । जापानले यसअघि नै घोषणा गरेको सो विभूषण बिहीबार काठमाडौंस्थित जापानी दूतावासमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई हस्तान्तरण गरे ।

जापानी दूतावासका अनुसार पौडेललाई प्रदान गरिएको उक्त विभूषण विदेशी नागरिकलाई जापान सरकारले दिने सबैभन्दा उच्च तहको सम्मान हो ।

जापानका सम्राट मेइजीले सन् १८७५ मा उक्त विभूषणको स्थापना गरेका थिए । पौडेललाई सभामुख हुँदा नेपाल-जापान संसदीयमैत्री समिति संघ गठन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथा नेपाल–जापान सम्बन्धलाई बलियो बनाउन खेलेको भूमिकाको आधारमा उक्त विभूषण उनलाई प्रदान गरिएको राजदूत किकुताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *