इरानमा अतिवादी हमलाबाट कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी ! इरानको दक्षिणी शहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । बुधबार उक्त शहरको एक धार्मिकस्थलमा अतिवादीले विष्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

मारिनेमा एकजना महिला र अरु दुई बालबालिका छन् । सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *