युक्रेनले स्वतन्त्रता दिवश मनाउँदा रुसी हमला, २२ जनाको मृत्यु

काठमाडौं । युक्रेनले स्वतन्त्रता दिवश मनाइरहेकै बेला रुसले रकेट आक्रमण गरेको छ । सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ ।

युक्रेनले बुधबार स्वतन्त्रता दिवश मनाएको छ । युक्रेनले स्वतन्त्रता दिवश मनाइरहँदा रुसी सेनाले रकेट आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

यसैबीच रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिना पूरा भएको छ । बुधबार रुसको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधनभित्रै जलेर मृत्यु भएको बताइएको छ । आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए । सो आक्रमणमा परी ५० जना घाइते भएको उनले बताएका छन् ।

जेलेन्स्कीले आफू सुरक्षा परिषदमा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको रकेट प्रहारबारे थाहा पाएको बताएका छन् । ‘अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ’ उनले भनेका छन्, ‘त्यहाँ मृत्यु हुनेको संख्या बढ्न सक्छ ।’

राष्ट्रपति जेलेन्स्कीले यसअघि नै स्वतन्त्रता दिवशका दिन रुसले वाधा पु¥याउनसक्ने बताएका थिए । यसअघि उनले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई ‘युद्ध क्षेत्र’मा परिणत गरेको आरोप लगाएका थिए । उर्जा केन्द्रमा भएको बमबारीका कारण युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई नै ‘परमाणु विपद्को नजिक’ पु¥याएको बताएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले यस ‘अर्थहीन युद्ध’का कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिएका छन् ।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए । उक्त अवसरमा विश्व नेताहरूले पनि यस संकटग्रस्त युक्रेनप्रति समर्थन व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *