चीनले विश्वका नेताहरूलाई ताइवान भ्रमण गर्न रोक्न मिल्दैन र सक्दैन : पेलोसी

काठमाडौँ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनले विश्व नेताहरूलाई ताइवान भ्रमण गर्नबाट रोक्न नसक्ने बताएकी छिन् । बुधबार स्वशासित टापुको भ्रमण गरेपछि पेलोसीले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

‘दुःखको कुरा चिनियाँ कम्युनिष्ट पार्टीको आपत्तिका कारण हालै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी बैठकहरूमा ताइवान भाग लिनबाट बञ्चित भएको छ’, पेलोसीले विज्ञप्तिमा भनेकी छन् ।

एसिया भ्रमणका क्रममा मंगलबार पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । चीनको विरोध र अन्तर्राष्ट्रिय चासोबीच उनले टापुको भ्रमण गरेकी थिइन् । उनको भ्रमणपछि चीनले ताइवानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ ।

भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको थियो । चिनियाँ उप–विदेश मन्त्री झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको भन्दै अमेरिकाले गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *