अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौं । नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विरुद्ध चौतर्फी दबाब सिर्जना भइरहँदा नेपालकाे संसदबाट मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन विशेष भूमिका खेल्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् ।

विदेशमन्त्री लु आज (बिहीबार) नेपाल आउन लागेका हुन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विदेशमन्त्री लु बिहीबार र शुक्रबार नेपाल बसेर फर्कने कार्यक्रम रहेको छ ।

एमसीसीको चौतर्फी विरोध प्रदर्शन भइरहँदा गत वर्षको मंसिर १ देखि ४ गतेसम्मका लागि लु नेपाल भ्रमणमा आएका थिए । यो उनको दोस्रो भ्रमण हो ।
नेपालमा एमसीसी अनुमोदन गराउनका लागि दबाब सिर्जना गर्न आएका उनले त्यतिबेला नेपालले एमसीसी ग्रहण नगरेको खण्डमा अन्य देशलाई दिने भनेका थिए । उनी फर्केलगत्तै संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसी अुनमोदन भएको थियो ।
त्यतिबेला एमसीसी अनुमोदनका लागि नेपाल भ्रमणमा आएका लु फेरि एसपीपी सम्झौता अनुमोदन गराउनका लागि नेपाल आउन लागेको भन्ने चर्चा । भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *