भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित

काठमाडौं ! भारतमा दलित महिला द्रौपदी मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *