लन्डनमा अहिलेसम्मकै धेरै गर्मी, धावनमार्ग पग्लिएपछि उडान अवरुद्ध

काठमाडौं ! लन्डनमा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ । लन्डनमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन रेकर्ड भएको छ । मौसमविद्हरूले मंगलबार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् ।

बन्दका कारण केही विद्यालय बन्द गरिएका छन् । यद्यपि, सरकारले विद्यालय ठप्प नगर्न अनुरोध गरेको छ । तापक्रम बढेपछि मौसम विभागले पहिलोपटक रातो चेतावनी जारी गरेको छ ।

मंगलबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान समेत स्थगित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ । चरम गर्मीको कारणले रनवे पग्लिरहेको स्काई न्यूजले जनाएको छ । सोमबार लन्डनको लुटन विमानस्थलले पनि पनि धावनमार्ग पग्लिएपछि सबै उडानहरू रोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *