श्रीलंकाका राष्ट्रपति राजपाक्षको निवासबाट करोडौं नगद बरामद

श्रीलंका । श्रीलंकामा शनिबार राष्ट्रपतिको सरकारी निवास कब्जा गरेका प्रदर्शनकारीले त्यहाँबाट करोडौं रुपैयाँ नगद बरामद गरेका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार सामाजिक सञ्जालमा त्यसका भिडियोहरू सार्वजनिक भएका छन् । जसमा प्रदर्शनकारीले नोट गनिरहेको देख्न सकिन्छ । प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेका भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ । अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै वस्तु स्थितिबारे थप खुलासा गर्ने बताएका छन् ।

निवास प्रदर्शनकारीको कब्जामा पुगेलगत्तै राष्ट्रपति गोटाबाया राजपाक्ष त्यहाँबाट भागेका थिए । उनले बुधबार राजीनामा दिने जानकारी शनिबारै संसद्का सभामुखलाई गराइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघेले पनि शनिबार सर्वदलीय बैठक गरी उचित विकल्प आएमा आफू राजीनामा दिन तयार रहेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *