जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

काठमाडौँ — जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।

सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।

उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *