रुसी राष्ट्रपति पुटिनमाथि ट्वीटरको कारबाही

मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्वीटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ ।

ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै पनि क्षेत्रमा सिफारिस नगरिने ट्वीटरले जनाएको छ । ट्वीटरले आफू सहस्त्र द्वन्द्वमा संलग्न अवस्थामा रहँदा खुला इन्टरनेट पहुँचमाथि बन्देज लगाउने कुनै पनि मुलुकमाथि कारबाही गरिने जनाएको छ ।

२४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता ट्वीटरले रुसमा आफ्नो सक्रियता निकै कम पारेको छ । हाल ट्वीटरमा पुटिनको दुईवटा आधिकारिक एकाउन्ट छन् । उनको एउटा एकाउन्ट रुसी भाषा र अर्को अंग्रेजीमा छन् । ती दुवै एकाउन्टमा क्रमशः ३६ लाख र १७ लाख फलोअर रहेका छन् ।

ट्वीटरले भनेको छ, ‘रुसमा अहिले जनताका लागि इन्टरनेटमाथि नियन्त्रणको अवस्था रहेकोबेला रुसी सरकारी अधिकारीहरूलाई खुला रूपमा सामाजिक सञ्जाल साइटमा पोस्ट गर्न दिँदा खराब सूचनाको असन्तुलन सिर्जना हुन्छ ।’

मंगलबारको ट्वीटरको यस निणर्पछि अब ३०० बढी रुसी सरकारी एकाउन्टका सामग्री ट्वीटरको शक्तिशाली अल्गोरिथ्मले प्रवर्द्धन नगर्ने भएको छ । ट्वीटरको कारबाहीको सूचीमा मन्त्रालय, दूतावासलगायत उच्च पदस्थ रुसी अधिकारीहरूका एकाउन्ट परेका छन् । यसअघि ती एकाउन्टहरूलाई युक्रेन युद्धबारे गलत सूचना फैलाउन दुरूपयोग गरिएको अरोप लाग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *