एमसीसी उपाध्यक्ष नेपाल आउँदै

काठमाडौँ: मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा जेड सुमार आगामी साता नेपाल आउँदैछिन् ।

काठमाडौँमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुसँग भेटवार्ता गर्नेछिन् ।

हालै एमसीसी उपाध्यक्षमा नियुक्त भएकी सुमारको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आगामी साता उनी काठमाडौँ आइपुग्ने मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले अन्नपूर्णलाई जानकारी दिए ।

नेपालले २०१७ मा नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो । जसअनुसार नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि नेपालले करिब ६० अर्ब रुपैयाँ (नेपाली रकम) पाउनेछ । यो समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *