पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्रारा संसद भंग : गरे निर्वाचनको घोषणा

काठमाडौं । पाकिस्तानको नेशनल एसेम्बलीमा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । यससँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधन गर्दै देशमा फेरि चुनाव हुने बताएका छन् । उनले संसद भंग गरिएको घोषणा गरे ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलले पेश गरेको अविश्वासको प्रस्ताव खारेज भएको थियो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध संसदमा मतदान गर्नुअघि नै नेशनल एसेम्बलीका कार्यवाहक सभामुखले अविश्वासको प्रस्तावलाई असंवैधानिक भन्दै अस्वीकार गरेका हुन्।

यो अधिवेशन नेशनल असेम्बलीका उपसभामुख कासिम खान सुरीको अध्यक्षतामा चलिरहेको थियो । उनलेले यो अविश्वासको प्रस्ताव संविधानको धारा ५ विपरीत भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *