काठमाडौं ! संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा आफ्नो २० बर्ष सैन्य उपस्थिति समाप्त भएको घोषणा गरका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘विगत १ दिनदेखि हाम्रा सेनाहरुले अमेरिकी इतिहासको सबैभन्दा ठूलो एयरलिफ्ट चलाएका छन्, १ लाख २० हजार भन्दा धेरै अमेरिकी नागरिकहरु, हाम्रा सहयोगीहरुका नागरिकहरु, र संयुक्त राज्य अमेरिकाका अफगान सहयोगीहरुलाई बाहिर निकालेका छन् । तिनीहरूले यो बेजोड साहस, व्यावसायिकता, र संकल्पसंग गरेका छन् ।’
यस्तै, उनले थपेका छन्, ‘अब, अफगानिस्तानमा हाम्रो २० बर्ष सैन्य उपस्थिति समाप्त भएको छ।’