दिल्लिमा हमलाको धम्की : सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार नयाँ दिल्लीमा हमलाको धम्की दिने तहरीक–ए–तालिबानको इन्डिया सेल हो ।

तहरीक–ए–तालिबानको इन्डिया सेललले हमला गर्नेबारे इमेलमा खबर पठाएको बताइएको छ । इमेलमा बम बिस्फोट गराउने सम्मको धम्की प्राप्त भएको बताइएको छ । उक्त इमेल प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।

मंगलबार रातिदेखि नै दिल्ली प्रहरीले सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाउन थालेको छ । दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक–ए–तालिबानले ईमेलमार्फत धम्की पठाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अहिले दिल्लीका संवेदनशील क्षेत्रमा प्रहरीको बाक्लो सुरक्षा व्यवस्था रहेको छ । मंगलबार राति सरोजिनी नगर मार्केटमा घण्टौँसम्म सर्च अपरेसन चलाइएको थियो ।

दिल्ली प्रहरीले इमेल पठाउने व्यक्तिको ट्याकसमेत पहिल्याउन खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *