युक्रेनको लभिभ विमानस्थल नजिक आक्रमण

एजेन्सी! रुसले युक्रेनको पश्चिमी शहर लभिभमा रहेको विमानस्थल नजिक शुक्रवार क्षेप्यास्त्र आक्रमण गरेका त्यहाँका मेयर आन्द्री सादोवीले बताएका छन् ।

विमानस्थलमा चाहिँ आक्रमण नगरिएको उनको भनाइ छ । अधिकारीहरूले परिस्थितिको मूल्यांकन गरिरहेको र अद्यावधिक जानकारी छिट्टै उपलब्ध गराउने उनले बताए ।
त्यसअघि टेलिभिजन स्टेसन युक्रेन २४ ले शहरमा कम्तीमा तीनवटा विस्फोट भएको खबर दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *