रुस र युक्रेनलाई अविलम्ब वार्ता गर्न चीनको अपिल

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको अवस्था चिन्ताजनक भएको भन्दै शान्तिवार्ता गर्न आह्वान गरेका छन् ।

फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरसँगको एउटा भर्चुअल बैठकमा उनले दुई देशबीच अविलम्ब शान्तिवार्ता आवश्यक रहेकोमा जोड दिएका हुन् । बैठकका क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेनको परिस्थिति नियन्त्रणबाहिर जान नदिन प्राथमिकता दिइनुपर्ने बताएका थिए । युक्रेनमाथि रुसले गरेको आक्रमणबारे चीनले अहिलेसम्म समर्थन वा विरोध कुनै प्रतिक्रिया जनाएको छैन ।

रुसले जारी राखेको अतिक्रमणको निन्दा गर्न संयुक्त राष्ट्र संघमा भएको मतदानका क्रममा चीनले भने सहभागिता जनाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *