बाइडेनसँग थप लडाकु विमान् पठाउन जेलेन्स्कीको आग्रह

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् । नागरिकका नाममा सम्बोधन गर्दै उनले रुसको आक्रमणविरुद्धको लडाइँ जारी राख्न आग्रह गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गरेर जनतामा उत्साह भर्दै उनले ‘अब जवाफ दिने समय आएको छ ।’

उनले भने, ‘तपाईंहरू बाहिर निस्कुन पर्छ र आफ्नो शहरबाट यी दुष्टहरूलाई लखेट्नु पर्छ ।’ साथै सम्बोधनका क्रममा उनले युक्रेनलाई थप लडाकु विमान उपलब्ध गराउन अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अपिल पनि गरेका छन् । युक्रेनलाई मिग लडाकु विमान दिन अमेरिकी अधिकारी पोल्यान्डका नेतासँग सम्पर्कमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *