काठमाडौँ — युक्रेनसँगको संघर्षको दसौँ दिन रुसले अस्थायी रूपमा दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।
रुसि समाचार संस्थाका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ ।
उक्त संस्थाले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आज मार्च ५का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ । साथै मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।’
दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।