युक्रेनको टेलिभिजन टावरमा रुसी सेनाद्वारा अक्रमण

एजेन्सी । युक्रेनको राजधानी किभमा रहेको एक टेलिभिजन टावरमा रुसले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ । घटनाबारे युक्रेनको विदेश मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।

भर्खरै रुसले युक्रेनमाथि लक्षित हमला गर्ने चेतावनी दिएको थियो । त्यसको केही दिनमै रुसले टेलिभिजन टावरमा आक्रमण गरेको हो ।

बीबीसीले उल्लेख गरेको समाचार अनुसार घटनामा अन्य ५ जना घाइते भएका छन् । टिभी टावर रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत भत्किएको छ । उक्त आक्रमणपछि युक्रेनले अपराधीहरू आफ्नो बर्बरता देखाइरहेको बताएको छ ।

रुस र युक्रेनबीच ५ दिनदेखि युद्ध चर्कीरहेको छ । रुसबिरुद्ध युक्रेनको राष्ट्रपति स्वयम् युद्ध मैदनमा छिरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *