युक्रेनी सेनाले भन्यो- रुसी फौजले चारैतिरबाट हमला गरिरहेको छ

एजेन्सी । रुसी फौजले चारैतिरबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ ।

लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतबार ‘कठिन समय’ भएको फेजबुक पेजमा लेखेका छन् । उनका अनुसार रुसी फौजले चारै दिशाबाट हमला जारी राखेको छ ।

रुसी सेनाले आक्रमण गरेपनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन् ।

बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *